१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - पाकिस्तानविरुद्ध भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट उपाधि जितेको नेपाली नेत्रहीन महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।
नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टिमलाई बिहीबार अपराह्न स्वागत गरिएको थियो । नेपाली क्रिकेट टिमलाई स्वागत गर्न राखेपका सदस्यसचिव केशवकुमार विष्ट विमानस्थल पुग्नुभएकाे थियाे ।
त्यहाँ स्वागत गरिएपछि नेपाली नेत्रहीन महिला क्रिकेट टिमलाई युवा तथा खेलकुद मन्त्रालयमा विशेष समारोहका बीच बिहीबारै सम्मान गरिने छ ।
पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाली नेत्रहीन महिला क्रिकेट टिमले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिज ४–१ ले जितेको थियो । सबै खेलमा गरी नेपालले एक मात्र विकेट गुमाउँदै ऐतिहासिक सफलता हात पारेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।