१६ वर्षीया भाञ्जीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा एक युवक पक्राउ

 माघ २४, २०७५ बिहिबार १८:१६:२३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – भान्जी नाता पर्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा एक युवकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार, जिल्लाको आठबिसकोट नगरपालिका वडा नं. १० बस्ने २० वर्षीय विकास भनिने मनबिर मल्ललाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको हो । 

आफ्नै भान्जी नाता पर्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकमु पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । 

पीडितकै घरमा माघ २२ गते राति ९ बजे मल्लले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका मल्ललाई जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्धा दायर गरी कानुन बमोजिम कारबाही सुरु गरिएको डीएसपी खड्काले बताउनुभयो । उहाँका अनुसार, मल्लमाथि हाडनाता करणी मुद्धा समेत आकर्षित भएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया