१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल भलिबल संघले ‘मनोरञ्जनरमण शर्मा वर्षको उत्कृष्ट खेलाडी पुरस्कार’ बाट पुरुष तर्फ दानबहादुर भट्ट र महिला तर्फ सरस्वती चौधरीलाई सम्मान गरेको छ ।
नेपाल भलिबल संघले केही साता अगाडि गरेको एनभीए राष्ट्रिय भलिबल प्रतियोगितामा उत्कृष्ट पुरुष र महिला खेलाडी बनेकालाई नै यो अवार्डबाट सम्मान गरिएको हो । दुवै खेलाडीले जनही ३०–३० हजार रुपैयाँ पाएका छन् ।
महिला भलिबलमा एकछत्र राज गरेकी सरस्वती चौधरी यो वर्षमात्र चार वटा प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेकी थिइन् ।
कार्यक्रममा भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले मनोरञ्जनरमण शर्माको कोषमा अहिले कूल ९७ हजार रुपैयाँ रहेको र त्यसबाट ६० हजार रुपैयाँ सम्मानमा खर्च गरेको बताए । अर्को संस्करणमा सम्मानित हुने खेलाडीलाई ५० हजार दिने लक्ष्यका साथ बाँकी रकम राखिएको उहाँले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।