‘नेपाल पढ्दै छ’भन्ने नाराका साथ एक दिने नेसनल रिडिङ मेला काठमाण्डाैमा सम्पन्न

 माघ २६, २०७५ शनिबार १९:४१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘नेपाल पढ्दै छ’भन्ने नाराका साथ शनिबार काठमाण्डाैमा एक दिने नेसनल रिडिङ मेला सम्पन्न भएकाे छ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित नेसनल रिडिङ मेलामा नेपाली किताब पढ्ने शैली विकाससँग सम्बन्धित विभिन्न ६ वटा सत्रमा १२ जना वक्ताले प्रस्तुति दिनुभएकाे थियाे । विशेष गरेर बालबालिकामा किताबी ज्ञान बाहेक बाहिरी पुस्तकको पठन संस्कृति विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजकले जनाएका छन् ।

शिक्षा नेपालको आयोजनामा भएको सो मेलामा विभिन्न साहित्यिक पुस्तकहरु भारी छुटका साथ बिक्रीमा राखिएको थियो । ग्रामीण क्षेत्रका विद्यालयमा बालकथाका पुस्तक पुर्‍याउने काममा लागेको शिक्षा नेपाल पछिल्लो समय पठन संस्कृति विकास गर्नेगरी कार्यक्रमहरु गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया