इजरायलको हवाई आक्रमणबाट लेबनानमा ४० जनाको ज्यान गयो
कात्तिक २२, २०८१ बिहिबार
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुल्ह्याममाथि ३–० गोल अन्तरको जित निकाल्न सफल भएको छ ।
अन्तरिम प्रशिक्षक ओले गुनरलाई नियुक्त गरेपछि लगातार अपराजित यात्रा कायम राखेको युनाइटेडको जितमा पल पोग्बाले दुई तथा एन्थोनी मार्सिएलले एक गोल गरेका थिए ।
पहिलो हाफको १४ औं मिनेटमा पल पाेग्बाले एन्थोनी मार्सिएलको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । सुरुमै एक गोल आएपछि बराबरीका लागि फुल्ह्यामले प्रयास गरे पनि सफल भएन । २२ औं मिनेटमा मार्सिएलले फुलह्यामका डिफेन्डर डेनिसलाई झुक्याउँदै ३० यार्ड टाढाबाट पोस्टमा चार्ज गरेका थिए ।
पहिलो हाफमै २ गोल गरेको म्यान्यूले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो ।
तेस्रो गोल म्यान्यूले पेनाल्टी मार्फत गरेको हो । ६५ औं मिनेटमा जुवान माटालाई डी बक्समा लडाएपछि म्यान्यूले पाएको पेनाल्टीलाई पोग्वाले गोलमा परिणत गरेका थिए । जितसँगै म्यानचेस्टर युनाइटेड तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।