इजरायलको हवाई आक्रमणबाट लेबनानमा ४० जनाको ज्यान गयो
कात्तिक २२, २०८१ बिहिबार
नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागी टिम मेलवर्न स्टार्सले अष्ट्रेलियामा जारी बीग ब्याशमा सिड्नी सिक्सर्सलाई १६९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो ।
मेलवर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ८२ रन बनाएर अन्तिम ओभरकाे अन्तिम बलमा आउट भए । यसैगरी पिटर ह्यान्ड्सकमले ३५ रन बनाउँदा मार्कस स्टोनिसले ३४ रन बनाएका थिए ।
सिड्नीका लागि टम कुरनले २ विकेट लिए ।
मेलवर्नलाई आजको खेल जित्नै पर्ने बाध्यता रहेको छ । तालिकाको छैटौं स्थानमा रहेको मेलवर्न आज विजयी भए चौथो स्थानमा रहँदै प्ले अफमा पुग्ने छ । सिड्नी सिक्सर्स भने दोस्रो स्थानमा रहेकाले आजको नतिजाले केही फरक पार्ने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।