१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले आइतबार राति भएको खेलमा सासुलोलाई तीन शून्यले हराउँदै दोस्रो स्थानको नापोलीसँगको अग्रता ११ अंकमा पुर्याएको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको २३ औं मिनेटमा सामी खिदेराले गोल गर्दै खेलमा युभेन्टसलाई एक शून्यको अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अगाडि रहेको युभेन्टसले ७० औं मिनेटमा दोस्रो गोल गर्याे ।
यसका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्न सफल भए । यसै सिजन युभेन्टसमा पुगेका रोनाल्डोको यो १८ औं गोल हो । त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोको पासमा इमीरी कानले गोल गरेपछि युभेन्टसले सहज जित निकाल्यो ।
जितसँगै उसले २३ खेलबाट ६३ अंक बनाएको छ भने दोस्रो स्थानको नापोलीको ५२ अंक रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।