हिरो गोल्डकप फुटबल : भारतविरुद्ध नेपाल, नेपाललाई जित्नैपर्ने दबाब

 माघ २८, २०७५ सोमबार ८:१६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको उडिसामा भैरहेकाे हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले साेमबार भारतसँग खेल्दैछ ।कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ सात बजेबाट सुरू हुनेछ । 

पहिलाे खेलमा म्यानमारसँग तीन शून्यले पराजित भएकाे नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिन लागेको हो । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो भने पराजित नेपाल अंकविहीन छ ।

यता भारत पनि नेपालविरूद्द जहिले पनि हावी हुँदै आएकाे छ । साे दबावलाइ निरन्तरता दिन चाहन्छ । आज नेपाल पराजित भएमा उपाधिकाे यात्रा समाप्त जस्तै हुनेछ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया