सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – एनसीएल स्पोर्टस प्रालिको आयोजनामा विराटनगरमा महिला फ्रेन्चाइज लिग क्रिकेट हुने भएको छ ।
एनसीएल महिला टी–२० क्रिकेट लिग नाम रहेको यो प्रतियोगिता चैत्र एकदेखि नौ गतेसम्म विराटनगरमा आयोजना हुनेछ ।
लिगमा चार शहरका चार फ्रेन्चाइज टिमहरुको सहभागिता हुनेछ । प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने आयोजकले जनाएकाे छ ।
प्रतियोगितामा सहभागस् टिमले अक्सनबाट खेलाडी छनोट गर्नेछन् । साथै यो कम्पनीले निकट भविष्यमा उमेर समूह र पुरुष क्रिकेटमा पनि फ्रेन्चाइज लिग गर्ने जनाएको छ ।
महिला क्रिकेटमा फ्रेन्चाइल लिग गर्ने यो दोस्रो कम्पनी हो । यसअघि क्विन्स इभेन्ट्स म्यानेजमेन्टले पनि महिला क्रिकेट लिग गर्ने जनाएको छ ।