गाईपालक कृषकलाई प्रोत्साहनस्वरुप बीस हजार

 असार ९, २०७५ शनिबार १७:१२:२ | रासस

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गाईपालक कृषकले प्रोत्साहनस्वरुप २० हजार रुपैयाँ पाउने भएका छन् । 

आफ्नो गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईपालक कृषकलाई प्रोत्साहन दिन गाउँपालिकाले यस्तो निर्णय गरेको हो । कम्तीमा दुई वटा गाई पालेका कृषकलाई गोठ सुधारका लागि १५ हजार रुपैयाँ र दानापानीका लागि पाँच हजार रुपैयाँ गरी २० हजार रुपैयाँ नगदै प्रोत्साहनस्वरुप दिने कार्यविधि बनाइएको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । यसका लागि १० लाख बजेट छुट्याइएको छ । 

उक्त प्रोत्साहन रकम वडा नम्बर १ र ७ देखि बाहेकका वडाका कृषकले मात्रै पाउने कडरियाले बताउनुभयो । यी दुई वटा वडाले पहिलेदेखि नै पशु स्वास्थ्य कार्यालयबाट गोठ सुधारकै लागि छुट्टै रकम पाउँदै आएकाले गाउँपालिका स्तरबाट नपाउने भएका हुन् । 

प्रोत्साहन रकम लिनका लागि कृषकले दैनिक सात लिटर दूध उत्पादन गरेको हुनुपर्नेलगायतका नियम बनाइएको छ भने नियम पालना भए÷नभएको अनुगमनसमेत गरिने भएको छ । यसरी प्रदान गरिने रकम गाईको स्याहारदेखि बाहेकका काममा खर्च गर्न नपाउने प्रावधानसहित वितरण गर्ने तयारी भएको हो । एक वडामा बढीमा १० जना सक्रिय कृषकलाई छनोट गरी वितरण गरिने बताइएको छ । 

पशुपालनका हिसाबले जिल्लाका अन्य क्षेत्रको तुलनामा सिदिङवा गाउँपालिका निक्कै अघि रहे पनि पछिल्लो समयमा पछि पर्दै गए पछि यस्तो नीति अवलम्बन गरिएको गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकामा पर्ने साविकका सुरुम्खीम, कालीखोला र सादेवा गाविसमा अन्य क्षेत्रको तुलनामा बढी गाईगोठ रहेको बताइन्छ । गाईपालक कृषकलाई प्रोत्साहन दिने निधो भएसँगै यस गाउँपालिकामा दूध उत्पादन बढ्ने र किसानको पनि आम्दानी बढ्न सक्ने गाउँपालिकाको विश्वास छ । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया