शेयर बजार सामान्य बढ्यो, ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार
माघ २, २०८१ बुधबार
भक्तपुर – २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार परीक्षामा ४ लाख ५१ हजार ५ सय ३२ सहभागी भएकोमा २४ हजार २ सय ३४ जनाले ‘ए प्लस’ ग्रेड अर्थात ३ दशमलव ६५ भन्दामाथि ४ सम्म जीपीए ल्याएका छन् ।
यस्तै ग्रेड ‘ए’ अर्थात जीपीए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याउने ४६ हजार १ सय ३० जना छन् भने ‘बी प्लस’ ग्रेड अर्थात जीपीए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याउने विद्यार्थीको संख्या ३९ हजार ३७ जना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसैगरी ‘बी’ ग्रेड अर्थात २ दशमलव २५ देखि २ दशमलव ८० सम्म जीपीए ल्याउने ७० हजार ५ सय १२ जना र ‘सी प्लस’ ग्रेड अर्थात २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म जीपीए ल्याउने ६१ हजार ८ सय ७० जना रहेको कार्यालयले जनाएको छ ।
सी ग्रेड अर्थात जीपीए १ दशमलव ६५ देखि २ सम्म ल्याउने १ लाख १ हजार ४३ जना र 'डी प्लस' ग्रेड अर्थात जीपीए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याउने ३५ हजार ५ सय ८४ जना छन् । कार्यालयका अनुसार ५८ हजार ६ सय ८८ जनाले 'डी' ग्रेड अर्थात ० दशमलव ८५ देखि १ दशमलव २० सम्म जीपीए ल्याएका छन् ।
एक्जाम्टेडतर्फ २५ हजार १ सय ३८ जना सहभागि भएकोमा २ जनाले ए ग्रेड, १९ जनाले बी प्लस ग्रेड, १ सय ७७ जनाले बी ग्रेड ल्याएका छन् । यस्तै ७ सय २ जनाले सी प्लस, ५ हजार ८ सय ९५ जनाले सी ग्रेड, ६ हजार ५ सय २७ जनाले डी प्लस र ३ हजार १ सय ८ जनाले डी ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ । आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ।
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sapana sunuwar
June 24, 2018, 6 a.m.0183086S
Surajangdembe
June 23, 2018, 8:14 p.m.See k ho? Yesma pass vaepaxi admission kaha ra kasri garnu parxa or what is the difference of slc and see. I am waiting your advice.
Devendra
June 23, 2018, 8:08 p.m.0883656 (T)