इंग्ल्याण्ड भर्सेस पानामा: पहिलाे हाफमा इंग्ल्याण्डकाे ५-०काे विशाल अग्रता

 असार १०, २०७५ आइतबार १८:५०:३२ | उज्यालो सहकर्मी

चालु विश्वकप फुटबलमा इंग्ल्याण्ड र पानामाकाबीच चलिरहेको आइतबारको पहिलो खेलकाे पहिलाे हाफमा इंग्ल्याण्डले ५-०काे विशाल अग्रता लिएको छ ।

खेलकाे ८ अाै‌ं  मिनेटमा जाेन स्टाेन्सले पहिलाे गाेल गरेका थिए । 

खेलको १६औं मिनेटमा इंग्ल्याण्डका जेस लिंगार्डलाई पानामाका फिल्ड एस्कोबारले लडाएपछि इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । इंग्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टीलाई सजिलै गोलमा परिणत गरेपछि इंग्ल्याण्ड २–० को अग्रता लिन सफल भयाे ।

खेलकाे ३६ अाैं  मिनेटमा इंग्ल्याण्डका जेस लिंगार्डले सुन्दर गाेल गर्दै टिमलार्इ ३-० काे  स्थितिमा पुर्‍याए । त्यसकाे ४ मिनेटपछि जाेन स्टाेन्सले व्यक्तिगत दाेस्राे गाेल गर्दै इंग्ल्याण्डकाे अग्रता चारगुना बनाए । 

पहिलाे हाफकाे ४३ औं मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई पानामाका खेलाडीले डिबक्स भित्र फाउल गरेपछि रेफ्रीले इंग्ल्याण्डलाई पेनाल्टी दिएको थियो । 

कप्तान ह्यारी केनले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पहिलो हाफमा ५–० को विशाल अग्रता दिलाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया