भारतीय क्रिकेटर श्रीसंतमाथि आजीवन प्रतिबन्ध हट्यो

 चैत १, २०७५ शुक्रबार १५:३२:३३ | एजेन्सी
unn.prixa.net

भारतीय क्रिकेटर श्रीसंतले आफूलाई सर्वोच्च अदालतबाट ‘लाइफलाइन’ प्राप्त भएको बताएका छन् । जसका कारण आफू चाँडै नै क्रिकेट मैदानमा फिर्ता हुने पनि उनले बताएका छन् । 

भारतीय सर्वोच्च अदालतले शुक्रबार म्याच फिक्सिङ मुद्दामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) को अनुशासन समितिका तर्फबाट श्रीसन्तमाथि लगाइएको आजीवन प्रतिबन्ध हटाएको छ । 

केरल उच्च अदालतले बीसीसीआईले लगाएको प्रतिबन्ध सदर गरेको थियो । श्रीसंत केरल उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश अशोक भूषण र केएम जोसेफको बेन्चले बीसीसीआईले तीन महिनाभित्रमा श्रीसंतमाथिको कारबाहीबारे सोच्न सक्ने बताएका छन् । अदालतले सजायको अवधि तोक्दै गर्दा श्रीसंतको कुरा पनि सुन्नु पर्ने बताएको छ ।

मैदान फर्कने आशा

सर्वोच्च अदालतको फैसलाप्रति खुशी प्रकट गर्दै श्रीसंत भन्छन्, ‘आजीवन प्रतिबन्ध हट्नु निकै खुशीको कुरा हो । सर्वोच्च अदालतले लाइफ लाइन दिएको छ । मलाई एउटा अवसर प्रदान भएको छ । म पुरै फिट छु । क्रिकेट मेरो रोजीरोटी हो । म फेरि खेल्न चाहन्छु ।’

सर्वोच्च अदालतले दिल्ली उच्च अदालतमा चलिरहेको आपराधिक मुद्दामा भने यो फैसलाले केही असर नगर्ने बताएको छ । उच्च अदालतमा दिल्ली प्रहरीले  तल्लो अदालतको फैसलालाई चुनौती दिएको थियो । अदालतले सन् २०१३ को आईपीएलमा भएको म्याच फिक्सिङ मुद्दामा श्रीसंतसमेत सबै आरोपीहरुलाई रिहा गरेको थियो ।

श्रीसंत सन् २००७ को टी–२० विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जित्ने भारतीय टिमका सदस्य हुन् । श्रीसंतले २७ टेस्ट म्याचमा ८७ तथा ५३ वान डे म्याचमा ७५ विकेट लिएका छन् । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया