पाकिस्तानमा वन क्षेत्र बढाउन र प्रदूषण रोक्न वृक्षरोपण अभियान शुरु

 बैशाख २६, २०८१ बुधबार ७:५:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण एसियाली देशमा वन क्षेत्र बढाउने र प्रदूषण नियन्त्रण गर्ने प्रयास अनुरुप पाकिस्तानले विभिन्न जिल्लामा वृक्षरोपण अभियान शुरु गरेको छ ।

‘प्लान्ट फर पाकिस्तान’ अभियान अन्तर्गत रुख रोप्नका लागि छुट्याइएको जग्गाको पुनःस्थापना, वृक्षरोपण प्रवर्धन , जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधताको संरक्षण गरिने त्यहाँको जलवायु परिवर्तन तथा वातावरण समन्वय मन्त्रालयले जनाएको छ ।

यो अभियान सन् २०२६ सम्म जारी रहने र यसको दायरा अन्य जिल्लामा पनि विस्तार गरिने मन्त्रालयले जनाएको छ । वृक्षरोपण अभियानलाई प्रदेश सरकार, कर्पोरेट क्षेत्र, युवा तथा समग्रै नागरिकको सहयोग रहने पाकिस्तिानी सञ्चार माध्यम एसोसियट प्रेस अफ पाकिस्तानले जनाएको छ  । यो आयोजनाले प्रदूषण घटाउनसँगै  काठ उद्योगको विकास र कृषि क्षेत्रमा फाइदा पुग्ने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया