विप्लव समूहका युवा संयोजकसहित ३ जना नेकपामा प्रवेश

 चैत ९, २०७५ शनिबार २१:७:२२ | किरण लोहनी

गोरखा - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको युवा संगठन संयोजकसहित ३ जना शनिवार नेकपामा प्रवेश गरेका छन् ।

युवा संगठन संयोजक भोला भुजेलसहित जिल्ला सदस्यहरु विशाल गजुरेल र भरत कोइराला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले खादा र टीका लगाएर पार्टीको सदस्यता प्रदान गर्नुभयो ।

गएको फागुन ५ गते नै विप्लव नेतृत्वको पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया