दिल्ली क्यापिटल्सले आज मुम्बइसँग खेल्ने: सन्दीप लामिछाने प्लेइङ ११ मा पर्लान् ?

 चैत १०, २०७५ आइतबार १७:४०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग क्रिकेटमा नेपाली युवा खेलाडी सन्दीप लामिछाने समाविष्ट टिम दिल्ली क्यापिटल्सले आज मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दै छ ।

गएकाे संस्करणमा आईपीएलमा डेब्यु गरेका सन्दीप यस पटक पनि दिल्लीबाटै खेल्दैछन् । आज मुम्बई इन्डियन्सविरुद्धको खेलमा उनी प्लेइङ ११ मा पर्छन् कि पर्दैनन् भन्ने नेपाली समर्थकको चासो रहेको छ ।

अहिलेसम्म उनको टिमले प्लेइङ ११ को लिस्ट सार्वजनिक नगरे पनि मुम्बईविरुद्ध खेल्ने सम्भावित खेलाडीको सूची क्रिकेटको सर्वाधिक हेरिने साइट क्रिक इन्फोले सन्दीपको नाम ८ नम्बरमा राखेको छ ।

मुम्बईको सम्भावित टिममा रोहित शर्मा क्याप्टेन, विकेट किपरमा क्विन्टन डी कक र एभिन लेविसमध्ये एक जना रहेका छन् । त्यस्तै सूर्यकुमार यादव, इशान किशन, क्रुणाल पाण्ड्या, कायरन पोलार्ड, हार्दिक पाण्ड्या, बेन कटिङ, मिचेल म्याकलेनगन, मायांक मार्कण्ड्य, जसप्रित बुमराह रहेका छन् ।

दिल्ली क्यापिटल्समा कोलिन मन्रो, पृथ्वि श, शिखर धवन, श्रेयश ऐयर क्याप्टेन, कोलिन इंग्राम, रिषभ पन्त विकेटकिपर, अक्षर पटेल, सन्दीप लामिछाने, कागिसाे रबाडा र ट्रेन्ट बोल्टमध्ये एक, आभेष खान र अमित मिश्रामध्ये एकजना साथै इशान्त शर्मा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया