मौसम : पहाडी भूभागमा बदलीको सम्भावना

 बैशाख ६, २०७६ शुक्रबार ६:५८:४२ | उज्यालो सहकर्मी


काठमाण्डौ – यो वर्षको मनसुन अघिको अवस्था अर्थात् प्रिमनसुन सक्रिय देखिएको छ । गएको वर्षको तुलनामा यो वर्ष मनसुन अघिको अवस्था सक्रिय भएका कारण दिनदिनै हावाहुरी र चट्याङसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सामान्यतया मनसुन अघिको अवस्थामा बिहान सफा भएको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्छ । तर यो वर्ष बिहान र दिउँसो पनि पानी परेको छ । महाशाखाका अनुसार काठमाण्डौमा सामान्यतया अप्रिल महिनामा ६१ मिलिमिटर पानी पर्ने गर्छ । यसपाली भने १८ दिनमै ५४ मिलिमिटर पानी परिसकेको छ ।

यस्तै ताप्लेजुङमा १५० दशमलव ८ मिलिमिटर पानी पर्नुपर्नेमा ९४ दशमलव ७० मिलिमिटर, पोखरामा ७२ दशमलव ४० मिलिमिटर, जनकपुरमा ८६ दशमलव १० मिलिमिटर पानी परिसकेको छ । 

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको मिश्रणले यसपाली मनसुन अघिको अवस्थालाई सक्रिय बनाएको हो । 

आज पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै एकैछिनमा बदली हुँदै गर्ने मौसमविद्ले अनुमान गरेका छन् । अरु ठाउँको मौसम भने सफा हुनेछ । 

यस्तै स्थानीय वायुको प्रभावले कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया