आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई नगदसहित सम्मान गरेको छ । ए डिभिजन क्लबलाई भने यसअघि नै नगद उपलब्ध गराइसकेकाले अहिले सम्मान मात्रै गरिएकाे छ ।
राष्ट्रियसभा गृहमा सोमबार विशेष समारोहकाबीच क्लबहरुलाई सम्मान तथा नगद अनुदान उपलब्ध गराइएको हो ।
यसअघि महानगरपालिकाले शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुपूर्व लिग खेल्ने काठमाण्डौ जिल्लाका विभिन्न ६ वटा टिमलाई ९ लाख ३० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । त्यतिबेला ‘ए’ डिभिजन क्लबलाई ५ लाख नगद र ४ लाख ३० हजार बराबरको खेल सामग्री हस्तान्तरण गरिएको थियो ।
ए डिभिजन लिगमा सहभागी भएका मनाङ मर्स्याङ्दी, संकटा क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती क्लब, मछिन्द्र क्लब, काठमाण्डौ खेल मण्डल (एनआरटी)लाई कार्यक्रमकाबीच आज सम्मान पत्र प्रदान गरिएको थियो । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले क्लबलाई सम्मान पत्र प्रदान गर्नुभएकाे हाे ।
यसैगरी मेयर शाक्यले बी डिभिजन लिग क्लबहरु ब्वाइज युनियन, अन्नपूर्ण, टुसाल, बाँसबारी, श्रीकुमारीलाई तीन तीन लाख प्रदान गर्नुभयाे । सी डिभिजन क्लबहरु सानो गौचरण, नयाँ बजार युवा क्लब, प्लानिङ ब्वाइज, स्वयम्भु, समाजिक युवा, महाबिर र मनोहरा युवा क्लबलाई दुई दुई लाख रुपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रममा मेयर शाक्यले खेलकुदले नागरिकलाई एक आपसमा जोड्ने भएकाले महानगरपालिकाले फुटबल खेललाई थोरै भए पनि सहयोग गरेको बताउनुभयाे । उहाँले आगामी दिनमा पनि सहयोग निरन्तर हुने भन्दै अहिलेको भन्दा उत्कृष्ट नतिजा निकाल्न शुभकामना पनि दिनुभयाे ।
उहाँले काठमाण्डौ महानगरपालिकाले सहयोग गरेका ए डिभिजन क्लबहरुमध्ये मनाङ र संकटाले लिगको शीर्ष स्थानमा रहँदै उपाधि जितेकोमा बधाई पनि दिनुभयाे ।
कार्यक्रममा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महानगरपालिकाले युवा तथा खेलकुदको क्षेत्रमा विशेष काम गरिरहेको भन्दै आगामी दिनमा महिला खेलाडीहरुलाई पनि विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयाे ।
यसैगरी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबहरुको आर्थिक अवस्था सुदृढ नभइ व्यवसायिक फुटबलको परिकल्पना परको विषय भएकाले महानगरपालिकाको सहयोगले केही हदसम्म राहत पुग्ने उल्लेख गनुभयाे ।
यसैगरी महानगरपालिकाका कार्यकारी अधिकृत केदार न्यौपानेले खेलकुदको विकासका लागि महानगरले आगामी दिनमा थप सहयोग गर्ने बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।