महाकाली नदीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीको आवागमनमा रोक

 असार १९, २०७५ मंगलबार ८:४४:४४ | दुर्गा उपाध्याय

कञ्चनपुर – आइतबारदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले महाकाली पुल (शारदा ब्यारेज) मा चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाएको छ ।

सामान्यतया, महाकाली नदीमा पानीको बहावले १ लाख क्यूसेक नाघेपछि खतराको संकेत मान्ने गरिन्छ । भारतीय पक्षले पुलको सुरक्षाको कारण देखाउँदै पानीको बहाव १ लाख क्यूसेक नाछेपछि पुलमा चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाउदै आएको छ ।

मंगलबार बिहान महाकाली नदीमा पानीको बहाव बढेर एक लाख ४५ हजार ७ सय ८ क्यूसेक पुगेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । यसअघि, सोमबार बेलुकी महाकाली नदीमा पानीको बहाव १ लाख ४० हजार क्युसेक मापन गरिएको थियो ।

पहाडी जिल्लाहरुमा सामान्य वर्षा भएका कारण महाकाली नदीको बहाव सामान्य रहेपनि कञ्चनपुरमा भएको वर्षाका कारण शारदा व्यारेजमा पानीको बहाव बढी देखिएको जिल्ला आपत्कालीन कार्य संचालन केन्द्रले जनाएको छ । 
महाकाली नदीको बाढीको पूर्वामानका लागि दार्चुला र डडेल्धुरामा पानीको सतह मापन गर्ने गरिन्छ । 

केन्द्रका अनुसार दार्चुलामा ५ मिटर ८० सेन्टीमिटर नाघे चेतावनी र ७ मिटर नाघे खतराको संकेत मानिन्छ । तर, अहिले पानीको सतह ४ मिटरमात्रै छ । 
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया