आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
कतारको राजधानी दोहामा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता भारतीय खेलाडी गोमती मारिमुथु डोपिङमा परेकी छिन् । डोपिङ टेस्ट गर्दा उनको पोजेटिभ पाइएको हो । जसका कारण अस्थायी रुपमा निलम्बन गरिएको जनाइएको छ ।
३० वर्षीया मामिुथुले ८०० मिटर दौडमा २ मिनेट २ दशमल ७० सेकेण्डमा पूरा गरेकी थिइन् । उक्त प्रतियोगिताका दौरान उनको टेस्ट गरिएको थियो ।
उनले शक्तिबर्द्धक औषधी सेवन गरेको पुष्टि भएमा उनलाई ४ वर्षको प्रतिबन्ध लाग्ने छ । दोस्रो पटक भारतको पटियालामा मार्च १३ देखि १५ सम्म पनि स्याम्पल लिइएको थियो । जसमा प्रतिबन्धित शक्तिबर्द्धक औषधिको मात्रा पाइएको थियो ।