बुद्ध एयरको नयाँ एटिआर जहाज काठमाडौंमा

 असार १९, २०७५ बुधबार ५:३६:९ | रासस
unn.prixa.net

काठमाडौं - निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याएको छ । 

फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको विमान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै बुद्धका नौ वटा एटिआर विमान पुगेका छन् । यीमध्ये छ एटिआर–७२ र दुई एटिआर–४२ हुन् । बुद्धसँग दुई बिचक्राफ्ट विमान पनि छन् । फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, ओमन हुँदै विमान काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ । 

त्यस्तै अर्को प्रतिस्पर्धी निजी वायु सेवा कम्पनी यति एयरलाइन्ससँग एटिआर–७२ एक र एटिआर–४२ विमान छन् । अर्को चाँडै भित्र्याउने कम्पनीको तयारी छ । 

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थपिएका एटिआर–७२ विमानबाट आन्तरिक गन्तव्यमा उडान भरिने जानकारी दिनुभयो । बुद्धले हाल १३ गन्तव्यमा उडान भरिरहेको छ । 

बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगञ्जबाट भारतको वाराणसी सिधा उडान शुरु गरेको छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया