इमरान खानले जिताएका थिए पाकिस्तानलाई १९९२ को क्रिकेट विश्वकप

 जेठ १४, २०७६ मंगलबार १६:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

१९९२ को विश्वकप अस्ट्रेलियामा भएको थियो जसको उपाधि पाकिस्तानले जित्न सफल भयो । अहिलेसम्म पाकिस्तानलाई एक पटक उपाधि दिलाउने कप्तान अहिलेका प्रधानमन्त्री इमरान खान हुन् ।

१९९२ को विश्वकपको प्रवल दावेदारको रुपमा अस्ट्रेलिया र इंग्ल्याण्डलाई मानिएको थियो जसमा उपाधि विजेता पाकिस्तानलाई सबैले कम आंकलन गरेका थिए । पाकिस्तानका अलराउण्डर इमरान खानले विश्वकप अघि सन्यास लिइसकेका थिए । तर तत्कालीन राष्ट्रपति जिया–उल–हकले इमरानसँग कुरा गरेर उनलाई पुनः टिम सम्हाल्न अनुराेध गरेका थिए ।

इमरानले नै पाकिस्तानका इन्जमाम–उल–हक र वसिम अकरम जस्ता युवा खेलाडीलाई टिममा ल्याए । पाकिस्तानी टिम छनोट समिति इन्जमामलाई ल्याउन नहुने पक्षमा रहँदा रहँदै पनि इमरानले उनको पाँच मिनेट ब्याटिङ हेरेर टिममा ल्याउन दबाब दिएका थिए । इमरानले नै विश्वकपका लागि आफूले चाहेको टिम पनि पाए ।

लिग चरणको अन्तिम खेलमा पाकिस्तानका लागि रमिज राजाले शतक बनाउँदै न्यूजील्याण्डलाई पराजित गरे । सेमिफाइनलमा पाकिस्तानको पारी धरमराएकाे थियो जसमा २६३ रनको लक्ष्य पछ्याउँदा १४० रन बनाएको पाकिस्तानको टप अर्डर फेल भयो । त्यसमा इन्जमामले उद्धार गरे । उनले ३७ बलमा ६० रनको उत्कृष्ट पारी खेलेका थिए ।

उनले जाबेद मियादादसँग ८७ रनको साझेदारी गर्दै टिमलाई फाइनलमा पुर्‍याए । फाइनलमा पाकिस्तानले इंग्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक विश्वकपको ट्रफी हात पारेको थियो ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Narayan Karky

    May 28, 2019, 4:52 p.m.

    This was excellent and till now IMRAN KHAN is excellent in politics

  •  0 Reply

तपाईको प्रतिक्रिया