प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले दियो प्रदेश २ लाई ९४ रनको लक्ष्य

 जेठ १५, २०७६ बुधबार १२:२५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा कर्णाली प्रदेशले प्रदेश २ लाई ९४ रनको लक्ष्य दिएको छ । पहिला ब्याटिङ गरेको कर्णाली प्रदेश ३०.४ ओभरमा ९३ रनमा समेटियो ।

कर्णालीलाई सस्तैमा समेट्न प्रदेश २ का कुमार थापाले ३ विकेट लिँदा, रसिद खान,समसद शेख र हरिशंकर साहले समान २–२ विकेट हात पारे ।

कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रन बनाउँदा कप्तान रविन्द्र शाहीले दोस्रो ठूलो स्कोरको रुपमा १४ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया