प्रधानमन्त्री कप : पुलिस क्लबद्वारा प्रदेश-१ ७५ रनले पराजित

 जेठ १५, २०७६ बुधबार १५:५३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एक्सपर्ट प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

समूह बी अन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश-१ लाई ७५ रनले हरायो । पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो । मुलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पुलिसले ४३।१ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो ।

पुलिसका लागि अमित श्रेष्ठले शतक प्रहार गरे । ओपनर पवन सर्राफको पहिलो विकेट गएपछि क्रिजमा आएका अमितले ११८ बलमा १०६ रनको योगदान दिए । उनले १५ चौका र एक छक्का प्रहार गर्दै त्याे योगफल तयार पारेका थिए । पुलिसको इनिङमा अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर पवन १० रनमा आउट भए भने अर्का ओपनर अनिल कुमार शाह ४ रनमा, दिपेन्द्र सिंह ऐरी २, आरिफ शेख ४, दिलिप नाथ १, कुशल भुर्तेल २४, मञ्जित श्रेष्ठ ११, रामनरेश गिरी ११ र ललित नारायण राजवंशीले १ रनमात्र जोडे ।

बलिङतर्फ कमल खत्री, फिदोष अन्सारी, पुष्प थापा, दिपेश कँडेल र सिद्धान्त लोहनीले २–२ विकेट बाँडे ।

१८६ रनको लक्ष्य पछ्याएको प्रदेश १ ३६ ओभरमा ११० रनमा अलआउट भयो । प्रदेश १ का लागि सन्नी पुनले सर्वाधिक २७ रन बनाए भने मिनास थापाले १९ रन जोडे । अन्य ब्याट्सम्यानले झनै खराब प्रदर्शन गरे ।

प्रदेश १ लाई हराउनका लागि दिपेन्द्र सिंह ऐरी एक्लैले पाँच विकेट लिए भने ललित नारायण राजवंशीले तीन विकेट हात पारे । आरिफ शेख र सागर ढकालले पनि एक विकेट लिए ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया