जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल नेपाल आउने भएका छन् ।
पछिल्लो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा जगत टमाटा रहदै आएकोमा आईसीसीको पहलमा पटवाल नेपालको प्रशिक्षकका रुपमा नेपाल आउने भएका हुन् । अहिले पटवाल एक वर्षका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा आउन लागेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताए । साथै उनले आइसीसीले नै पटवालको मासिक तलव दिने बताए । जसमा पटवालले सात हजार अमेरिकी डलर पाउने भएका छन् ।
पटवाल तेस्रो पटक नेपाली क्रिकेटको प्रशिक्षकका रुपमा नेपाल आउन लागेका हुन् । यसअघि नामिबियामा भएको आईसीसी डिभिजन २ मा कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा आएका पटवाल यूएईविरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि पनि नेपाली टिमका सल्लाहकार भएर आएका थिए ।
क्यानडियन प्रशिक्षक पुबुदु दाशानायके फर्किएपछि नेपाली टिमलाई जगत टमाटाले सम्हाल्दै आएका थिए । तर अब नेपाली क्रिकेटमा प्रशिक्षकसँगै उमेर समूहका क्रिकेट टिम तयार र नयाँ योजना बनाउन आवश्यक रहेकाले नयाँ प्रशिक्षकको खाँचो रहेको भन्दै परिषद्ले आईसीसीसँग आग्रह गरेको थियो । जसमा आईसीसीले नेपाली क्रिकेटलाई राम्रोसँग बुझेका कारण पटवाललाई नेपाल पठाएको हो ।
पटवाल नेपाली टिमको प्रशिक्षक भएपछि नेपालले आगामी अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो गर्ने अपेक्षा गरेको थियो । यूएईविरुद्धको एकदिवसीय र टी–२० सिरिज जित्दा पटवालको मुख्य भुमिका रहेको थियो ।
पटवालले आज (शुक्रबार) नेपाली क्रिकेटको मुख्य प्रशिक्षकका रुपमा सम्झौता गर्नेछन् । उनीसँग भारतबाट नै अर्का उनका सहयोगी पनि नेपाल आउने भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।