प्रधानमन्त्री कप: एपीएफ समूह ए बाट सेमिफाइनल प्रवेश

 जेठ १७, २०७६ शुक्रबार १७:३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीकाे एपीएफले लगातार तेस्रो जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । जितसँगै एपीएफले समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ४१ ओभर दुई बलमा एक सय २५ रनमा अलआउट भयो ।

४४ रन बनाउँदा ६ विकेट गुमाएको गण्डकीका कुनै पनि खेलाडीबीच दरिलो साझेदारी हुन सकेन । उसका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन बनाए भने विपिन खत्रीले १७ तथा किशोर महतोले १५ रन बनाए । यस्तै आकाश थापाले १९ रन जोडे ।

बलिङमा एपीएफका भुवन कार्कीले तीन तथा यज्ञमान कुमाल, अमरसिंंह रौटेला र शरद भेषवाकरले दुई-दुई विकेट हात पारे ।

जवाफमा एपीएफले २३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । उपाधिका दावेदार एपीएफको जितमा प्रदिप ऐरीले ३३ तथा आसिफ शेखले २० रन बनाए ।यस्तै शंकर राना तीन रनमा आउट हुँदा कप्तान शरद भेषावकरले अविजित २६ रन बनाए । यस्तै सुमित महर्जनले नौ रन जोडे ।

जितसँगै एपीएफले तीन खेलमा ६ अंक बनाउँदै समूह ए बाट सेमिफाइनलमा पुगेको हो । उब उसले समूह विजेताका लागि अन्तिम खेल खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया