जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले नविनयुक्त प्रशिक्षक उमेश पटवाललाई स्वागत गरेका छन् ।
एक वर्षका लागि विदेशी प्रशिक्षकको रुपमा आईसीसीले पटवाललाई नेपाल पठाएपछि यसअघि टिम सम्हाल्दै आएका प्रशिक्षक टमाटा स्वागत कार्यक्रममा देखिएका थिएनन् ।
तर उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय मूलका प्रशिक्षक पटवाललाई स्वागत गर्दै नेपाली क्रिकेटको विकासमा सधैँ साथ रहने प्रष्ट पारेका छन् । टमाटाले आफूले नेपाली टिम सम्हाल्दा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
शुक्रबार काठमाण्डौमा भएको कार्यक्रममा नेपाली टिमका कप्तान पारस खड्का र टिम म्यानेजर रमन शिवाकोटीले पटवाललाई स्वागत गरेका थिए । त्यस अवसरमा खेलाडीहरुले नै नेपालले एक दिवसीय मान्यता पाएपछि विदेशी प्रशिक्षक चाहियो भनेर आईसीसीलाई भनेकाले त्यसैअनुसार नेपाल बुझेका पटवाललाई पठाएको हुन सक्ने कप्तान खड्काले बताएका थिए ।
यसअघि प्रशिक्षकाे जिम्मेवारी सम्हाल्दै आएका टमाटाको भूमिका के हुने भन्दै पत्रकारले राखेको जिज्ञाषामा कप्तान खड्काले हामी व्यक्तिमा केन्द्रित हुनुभन्दा पनि क्रिकेटको भलाईका बारेमा सोच्नु पर्ने जवाफ दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।