जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
आईसीसी विश्वकपमा बंगलादेशले दक्षिण अफ्रिकासामु ३३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
प्रतियोगितामा कमजोर मानिएको बंगलादेशले टस हारेर पहिला ब्याटिङको निम्तो पाएपछि सुवातदेखि नै राम्रो प्रदर्शन गर्यो । बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रन बनाएको थियो ।
उसका लागि शकिब अल हसन र मुस्फिकुर रहिमले उत्कृष्ट साझेदारी गरे । तेस्रो विकेटका लागि हसन र रहिमले १४२ रनको साझेदारी गरे । व्यक्तिगत तर्फ हसनले ७५ रन बनाए भने रहिमले ७८ रनको योगदान दिए । यस्तै महमुदुल्लाहले ४६ रन, शौम्य सरकारले ४२ र बनाए भने मोसादेक हुसेनले आक्रामक रुपमा २६ रनको योगदान दिए । उनले २० बलमा २६ रन बनाएका थिए ।
बलिङतर्फ एन्डिल फेलुकवायो, क्रिश मोरिस र इमरान ताहिरले दुई-दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।