फिफा अध्यक्षमा इन्फान्टिनाे निर्विराेध निर्वाचित

 जेठ २२, २०७६ बुधबार १८:१:२८ | एजेन्सी
unn.prixa.net

फ्रान्सको पेरिसमा सम्पन्न फिफा कंग्रेसले वर्तमान अध्यक्ष जियान्नी इन्फान्टिनोलाई दोस्रो कार्यकालका लागि निर्विरोध चयन गरेको छ ।

कंग्रेसमा अध्यक्ष इन्फान्टिनोले ‘आपराधिक गतिविधिको जञ्जाल’ बाट फुटबललाई यसको वास्तविक मूल्य र मान्यता दिलाउन सफल भएको प्रतिक्रिया दिए ।

यसअघि हिजो बसेको कंग्रेसले एकमात्र उम्मेद्वार रहेको अवस्थामा मतदान आवश्यक नरहने भनेर संशाेधन गरेको थियो । ४९ वर्षे अधिवक्ता इन्फान्टिनोले पहिलो कार्यकालमा दिएको आश्वासन पूरा गर्न प्रयास गर्नेछन् । पहिलो कार्यकालमा फिफा सदस्यहरु नै उनको काम प्रति सन्तुष्ट देखिएका छैनन् ।

‘अहिले कसैले पनि फिफाको संक्रमणका बारेमा कुरा गरेका छैनन् । भ्रष्टाचारका प्रकरणहरु पछिल्लो चार वर्षमा कतै पनि सुनिएन । फुटबल सकारात्मक दिशा तर्फ अघि बढेको छ’, इन्फान्टिनोले फिफा कंग्रेसमा भने ।

इन्फान्टिनोले आफ्नो कार्यकालमा भएका ११ वटा सकारात्मक कार्यक्रमको व्याख्या गरे । जसमा आर्थिक पाटो, महिला फुटबलको विकास, रंगभेदविरुद्धको अभियान, भिडियो एसिस्टेन्ट रेफ्री, क्लब विश्वकपमा २४ टिमको सहभागिताको निश्चिततालगायतका कार्यक्रमहरुले विश्व फुटबललाई अझ व्यापक बनाएको दाबी गरेका थिए ।
 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया