महिला विश्वकप फुटबलमा स्पेन र नर्वेको जित

 जेठ २६, २०७६ आइतबार ६:२८:५३ | एजेन्सी
unn.prixa.net

फिफा महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन् । उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई तीन एक गोलले हरायो । त्यसो त उसले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याएको हो । खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म एक गोलको अग्रता कायम राखेको दक्षिण अफ्रिकाको खेल दोस्रो हाफमा पुरै खस्किन पुग्यो । स्पेनले २० मिनेटमा तीन गोल फर्काउन सफल भयो । जसमा उसले दुई गोल पेनाल्टीबाट गर्न सफल भयो ।

७० औं र ८३ औं मिनेटमा जेनीफर हेरमोसोले पेनाल्टीबाट दुई गोल गरेपछि स्पेन खेलमा फर्कन सफल भयो । त्यसपछि ८९ औं मिनेटमा लुसिया गार्सियाले स्पेनका लागि तेस्रो गोल गरिन । त्यसो त दक्षिण अफ्रिका ८२ औं मिनेटमा १० खेलाडीमा झर्न पुगेको थियो । उसकी भिलाकाजी दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएकी थिइन् ।

अर्को खेलमा नर्वेले नाइजेरियालाई तीन शून्यले हरायो । नर्वेका लागि रेइटेल, उट्लान्डले एक–एक गोल गरिन भने उसले एक गोल उपहार पाएको थियो ।
 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया