सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोडभन्दा बढी ठगी गर्ने एक जना पक्राउ

 असार ४, २०७६ बुधबार १४:४०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नुवाकोट गणेशस्थान गाविस-९ घर भएर हाल काठमाण्डौको तारकेश्वर नगरपालिका मनमैजु बस्ने प्रविन पौडेललाई मकवानपुर हेटौडा उपमहानगरपालिका-४ पारिजातपथमा क्षेत्रमा लुकेर बसेको अवस्थामा मंगलबार पक्राउ गरिएको हो । 

उनले काठमाण्डौ महानगरपालिका-४ विशालनगरमा ‘द एप्रिन्टाइस फिर्म प्राइभेट लिमिटेड’ नामको ट्रेनिङ सेन्टर खोली सिंगापुर पठाइदिने र मासिक ५३ हजारभन्दा बढी कमाइ हुने भन्दै ठगी गरेका थिए । 

प्रारम्भिक अनुसन्धानका क्रममा प्रविन पौडेलले तीन सय जनाभन्दा बढी मानिसहरुबाट ६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुल्न आएको छ । 

भारतको दिल्ली र लखनउमा पठाइ तालिम दिने प्रलोभनमा पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भनी काठमाण्डौ महानगरपालिका-३२ कोटेश्वर बस्ने तिर्थ हमालले दिएको जाहेरीको आधारमा पौडेललाई पक्राउ गरिएको हो । 

ठगी कार्यमा अन्य मानिसहरुको पनि संलग्नता रहेको हुनाले खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । साथै यस्ता घटनाबाट जोगिन प्रहरीले सजग गराएको छ ।  


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया