अामाले दिइन् छाेरालाई पहिले जन्म, अहिले पुनर्जन्म

 असार २२, २०७५ शुक्रबार ९:१९:१० | रासस
unn.prixa.net

खोटाङ –  केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौलाकाे रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाउनुभएको छ । 

डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिनुभएका सुरेशलाई बिहीबार उहाँकी ६४ वर्षीया आमा धनकुमारी दमाईले आफ्नो मिर्गौला दिएपछि सुरेशले पुनर्जन्म पाउनुभएको हो । 

भक्तपुरमा रहेकाे अंग प्रत्यारोपण केन्द्रका डा. पुकार श्रेष्ठलगायत स्वास्थ्यकर्मीको टोलीले सुरेशको सफल मिर्गौला प्रत्यारोपण गरेको प्रदेशसभा सदस्य राजन राईले बताउनुभयो । “कमजोर आर्थिक अवस्थाका सुरेश दर्जीले बिहीबारदेखि पुनर्जन्म पाएका छन् ।” उहाँले भन्नुभयो, “यसमा विशेष धन्यवादका पात्र डा पुकार श्रेष्ठलगायत उहाँको टोली रहेको छ ।” 

सुरेश दर्जीलगायत उहाँका परिवार प्रदेशसभा सदस्य राईको पारिवारिक सदस्यजस्तै भएर गाउँमा बस्दै आएका छन् । उहाँहरु एक आपसका सहयोगी हुनुहुन्छ । 

सानै उमेरमा बुबाले छाडेपछि प्रदेशसभा सदस्य राईको शरणमा रहनुभएका सुरेश र उहाँकी आमाको स्वास्थ्य अवस्था मिर्गाैला प्रत्यारोपणपछि पनि ठीक रहेको डा श्रेष्ठले बताउनुभएको छ । “उनीहरु दुवैको अवस्था अहिलेसम्म ठीक छ ।” उहाँले भन्नुभयो, “उनीहरुको घाउ ठीक हुनासाथ घर पठाइनेछ ।” 

मिर्गौला रोगी सुरेशको उपचारमा अहिलेसम्म करीब रु सात लाख खर्च भएको प्रदेशसभा सदस्य राईले बताउनुभयो । “सुरेशको उपचारमा हामीले कसैसँग सहयोग मागेनौँ ।” उहाँले भन्नुभयो, “परिवारका सदस्य तथा केही इच्छुक दाताले स्वतःस्फूर्त सहयोग गर्नुभएको छ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद !” 

सुरेशका बुबा टेकबहादुर दमाई अहिलेसम्म सम्पर्कविहीन रहेको स्थानीयवासीले बताएका छन् । सुरेशका दाजु दिलबहादुर दमाई फरक क्षमताका हुनुहुन्छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नरेन्द्र चन्द ठकुरी

    July 6, 2018, 10:17 a.m.

    प्रधानमन्त्री मन्त्री र उच्च ओहदामा रहेका व्यक्तिलाई राज्यको ढुकुटीबाट रकम खर्च गरेर विदेशमा उपचार गरिन्छ र उनकै तलब भत्ता धेरै हुन्छ।5000देखी 10000 हजार हैसियत रहेका गरीबले विदेशमा उपचार गर्न राज्यको ढुकुटीबाट रकम किन पाउदैन सरकार।संविधानमा सवैनागरीकलाई समान अधिकार छ लेखेको छ।खैत समान अधिकार र व्यवहार के नेता ज्यु हिराले वनेका छन?के जन्ता किराले वनेका छन्? संविधानले सवै नागरीक समान भने पनि सौतेनी व्यवहार किन?

  •  0 Reply

तपाईको प्रतिक्रिया