जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी जुलाइमा फुकुवा गर्ने दावी गर्नुभएकाे छ।
सदस्य सचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरणबारे जानकारी दिँदै विष्टले जुलाइमा बस्ने आईसीसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताउनुभएकाे हाे ।
रिपोर्टर्स क्लबमा आइतबार आयोजित विशेष साक्षात्कारमा सदस्य सचिव विष्टले यस्ताे दावी गर्नुभएकाे हाे ।
साेमबार कार्यकाल सकिँदै गरेका विष्टले यदि आफ्नो कार्यक्रम दोहोरिएको खण्डमा आईसीसीको हेडक्वार्टर मै पुगेर निलम्बन फुकुवाको पहल गर्ने पनि बताउनुभयाे । क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयाे ।
केही स्वार्थी तत्वहरुका कारण क्यान विवाद समाधान हुन नसकेको भन्दै उहाँले आफ्नो कार्यकालमा क्यान निलम्बनमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए । क्यानको विवादित कमिटिले अदालतमा मुद्धा दायर गरेर समस्या सामाधान अवरोध गरेको पनि विष्टको आरोप छ ।
साक्षात्कारमा सदस्य सचिव विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रेहको दावी गर्नुभयाे । विगतमा पटक पटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आउँदाे डिसेम्बर १ देखि प्रतियोगिता सुरु हुने विष्टको भनाइ थियाे ।
प्रतियोगिताको लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको पनि विष्टले बताए ।
डिसेम्बरमा पनि नेपालले यो प्रतियोगिता गर्न नसकेको खण्डमा आयोजनाको जिम्मेवारी नै गुमाउन सक्ने विष्टको भनाई छ । “संरचना निर्माण धमाधम भइरहेको छ ।
नीतिगत समस्या केही छैन । बजेटका विषयमा अध्ययन भइरहेको छ । अब डिसेम्बरमा बल, विवेक, क्षमताको प्रयोग गरेर प्रतियोगिता सम्पन्न गर्नुपर्छ । हुँदैका कि भन्ने आशंका नगर्नुस ।” उनले भने ।
धुर्मुस सुन्तलीले रंगशाला बनाउँने तपाईहरु नसक्ने भन्ने पत्रकारको प्रश्नमा विष्टले यस्तो सोच्नु अल्पज्ञान भएको बताए । सरकारका तर्फबाट दर्जनौँ रंगशाला बनिरहको दावी गर्दै उनले कुनै एउटा रंगशाला निजी क्षेत्रले बनाउँदैमा आफूहरुले केही पनि नगरेको भन्ने सोच नराख्न उनले आग्रह गरे ।
चा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।