आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
उदयपुर - चार दिनदेखिकाे अविरल वर्षाका कारण त्रियुगा नदीले तीन ठाउँमा बाँध फुटाएर बस्तीमा पस्दा करिब २ सय घरका २ हजारभन्दा बढी मानिस डुबानमा परेका छन् ।
सप्तकोशीमा आएको बाढीका कारण त्रियुगा नदीको पानीको निकास नहुँदा बेलका नगरपालिका-१, अम्बासीमा बाँध फुटेर नगरपालिकाको अम्बासी, पुरन्दह, भागलपुर, बेलहा, करैया, चन्द्रपुरलगायतका गाउँमा पसेको स्थानीयले बताएका छन्।
फत्तेपुर पुल र चन्द्र नहरको बीचमा बाँध फुटाएर बस्ती पसेको इलाकाप्रहरी कार्यालय रामपुरका इन्चार्ज नविनकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार डुबानमा फसेका झण्डै २ सय ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।
घरहरुमा झण्डै ७–८ फिटसम्म पानीजमेको छ, उहाँले भन्नुभयो, डुबानमा परेकाहरुको अन्नपात र लत्ताकपडा बगेकाले नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीले राहतका बाँडने तयारी गरेका छन् ।
यस्तै त्रियुगा नदीले चौदण्डीगढी नगरपालिका-५, बेल्हामा बाँध फुट्दा १० घर परिवार सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्धारको प्रयास जारी राखे पनि पानीको बहावले समस्या उत्पन्न भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगाराम पौडेलले जानकारी दिनुभयो ।