जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – सरकारले राष्ट्रिय खेलकुद परिषद्काे शर्त नमान्ने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ, संस्थाहरु विघटन गर्ने भएको छ ।
संघीय संसदको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले यस्तो बताउनुभएको हो ।
६ महिनासम्म पनि राष्ट्रिय खेलकुद परिषद्को शर्त पालना नगर्ने ओलम्पिक कमिटीसहितका खेलसँग सम्बन्धित संघ, संस्थालाई विघटन गर्ने कानुनी व्यवस्था गर्न लागिएको प्रस्ट पार्नुभयाे ।
उहाँले विधेयकमा उल्लेख गरिएको प्रावधान राष्ट्रिय/अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतको फैसला अनुसार नै राखिएको दावी गर्नुभयो । विधेयकमा खेलकुद संघहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने र राष्ट्रिय खेलुकद परिषदमा अनिवार्य आबद्ध हुनुपर्ने पनि प्रस्ताव गरिएको छ । मन्त्री विश्वकर्माले परिषद्का शर्त नमान्ने खेलकुद संघ, संस्थाहरुलाई ६ महिनासम्म निलम्बन गर्ने प्रावधान पनि विधेयकमा राखिएको बताउनु भयो ।
बैठकमा समितिका सदस्यहरुले भने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ, संस्थाहरुको आबद्धता राष्ट्रिय खेलकुद परिषद् बाहेकमा पनि हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।
समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले अन्तर्राष्ट्रिय खेलहरुसँग आबद्ध संघहरुलाई राष्ट्रिय खेलकुद परिषद् बाहेकका संस्थाहरुसँग पनि संस्थागत रुपमा आबद्ध हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । खेलकुद क्षेत्रको विकासका लागि पनि समाज कल्याण परिषद्, गैर सरकारी संस्थाहरुसँग खेलकुद संघहरुले आबद्ध हुन पाउनुपर्ने उहाँको तर्क थियो ।
समितिका सदस्यहरुले खेलकुद पदाधिकारीहरुको चयन गर्दा खेलकुद क्षेत्रमा आबद्ध भएका व्यक्तिहरुलाई नै समावेश गर्न पनि सरकारलाई सचेत गराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।