शेयर बजार सामान्य बढ्यो, ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार
माघ २, २०८१ बुधबार
झापा – निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८, निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।
समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आइतबार आयोजित भेलाले गएको असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्ने वातावरण नबनाएसम्म तिलक गौतमको परिवालाई सामाजिक बहिष्कार गर्ने समितिले निर्णय गरेको छ ।
ससुराको निधन भएको खबर थाहा पाई काजकिरिया गर्न घरमा पुग्नुभएकी अमितालाई श्रीमान् तिलकसहित परिवारका सदस्यले गालीगलौज र दबाबसँगै हातपात गरी घरमा काजकिरिया गर्न वञ्चित गरेपछि स्थानीयवासी गौतम परिवारप्रति आक्रोशित भएका हुन् ।
अहिले अमिता मेचीनगर–१०, मा रहेको डेराघरमा दुई छोरी सात वर्षीय शैली र चार वर्षीय सृष्टिको साथमा कोराभित्र बस्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।