बालुवा तस्करद्वारा गाउँपालिका पदाधिकारीमाथि धम्की, 'गाउँलाई सजिलो हुने गरी बाटो खन्न दिँदैनौँ'

 असार २५, २०७५ सोमबार ७:३:४९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – गल्छी गाउँपालिका वडा नंम्बर ४ रुम्टाबगरबाट बालुवा निकाली निकासी गर्न सडक बनाउनेसम्बन्धी गाउँपालिकाको निर्णयपछि बालुवा तस्करहरुले गल्छि गाउँपालिकाका पदाधिकारीलाई धम्की दिएका छन् । 

गाउँपालिकाले प्रयोग गरेको बाटो भन्दा अर्को बाटो गाउँपालिकालाई फाइदा पुग्ने गरि खनेमा गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ र उपाध्यक्ष राधा तिमल्सीनासहित अन्य पदाधिकारीहरुलाई तस्करहरुले ज्यान मार्ने धम्की दिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

बालुवा व्यवसायको नाममा अवैधानिक तरिकाले व्यवसाय संचालन गर्ने र गाउँपालिकाले निर्धारण गरेको नीति भित्र बसेर काम गर्दा नाफा कम हुने भएकाले उनीहरुले गाउँपालिकाले नियमन गर्न खोज्दा पटक पटक अवरोध पुर्याउँदै आइरहेका छन् ।

उनीहरु अहिले आफूखुशी वालुवा निकासी गर्ने र करसमेत नतिरी व्यवसाय गर्दै आइरहेका छन् । 

गाउँपालिका पदाधिकारीमाथि धम्की दिने र दुव्र्यवहार गर्ने गल्छी गाउँपालिका वडा नम्बर ४ का केशव अधिकारी, दीपक अधिकारी, प्रदीप अधिकारी र अर्जुनलाल श्रेष्ठसमेतलाई कारवाही गर्न माग गर्दै गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठको नेतृत्वमा आइतबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरिएको छ ।

उनीहरुले गाउँपालिकाको एक्साभेटर जलाउने, गाउँपालिका पदाधिकारीलाई ज्यान मार्ने धम्की दिएकोले सुरक्षाको माग गर्दै निवेदन दिएको गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सीनाले बताउनुभयो ।

गल्छी गाउँपालिकाबाट जनप्रतिनिधिहरुलाई धम्की दिनेलाई कारवाही गर्न र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा गाउँपालिकाको बोर्ड बैठकको निर्णय सहितको निवेदन परेकोले आवश्यक कारवाहीका लागि निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया