सुस्ता क्षेत्र र गण्डक पीडा
बैशाख १४, २०८१ शुक्रबार
रुकुम पश्चिम - जंगलबाट ल्याएको विषालु च्याउ खाँदा रुकुम पश्चिममा ५ जना गम्भीर बिरामी परेका छन् ।
मंगलबार बिहान जंगलबनट ल्याएको विषालु च्याउ खाँदा चौरजहारी नगरपालिका-३ का एकै परिवारका ४ जना र १ छिमेकीसहित ५ जना गम्भीर बिरामी परेका हुन ।
विषालु च्याउ खाँदा ४८ वर्षीय डिलसरा देवी पोखरेल, ४२ वर्षका ओम कुमार पोखरेल, १५ वर्षीया विजया पोखरेल, १३ वर्षीय तिलक पोखरेल र ३० वर्षीया विपना पोखरेल बिरामी परेका हुन् । उनीहरु सबैलाई चौरजहारी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको अस्पतालले जानकारी दिएको छ ।