शेयर बजार सामान्य बढ्यो, ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार
माघ २, २०८१ बुधबार
धादिङ - जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी रु तीन लाख जरिवाना गर्ने फैसला गरेको हो ।
अभियुक्तबाट जरिवाना तिरेको रकम पीडितलाई दिने गरी फैसलामा उल्लेख गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो । एकबहादुरले २०७४ कात्तिक १० गते त्यही ठाउँका ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटपिट गरेका थिए । पीडितलाई टाउकोमा पछाडिबाट कुटपिट गर्दा दुवै आँखा झरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Unita timalsina
July 10, 2018, 2:56 p.m.Sajaya kam vhayo
Bkrm rai
July 10, 2018, 2:12 p.m.जरिवाना रकम समय सापेक्ष हुन सकेन,अचेलकाे तीन लाखले के नै हुन्छ र ।
सुर्य ढुंगाना
July 10, 2018, 12:58 p.m.रकम थोरै भयो आँखा जस्तो संबेदनसिल अङ नहुदा तीन लाख ले के हुन्छ र जेल सजाय ५बर्ष को हुनुपर्ने रकम १० लाख हुनुपर्ने ।
सुर्य ढुंगाना
July 10, 2018, 12:56 p.m.अँखा जस्तो संबेदनसिल अङ नहुदा तीन लाख रकम ले के हुन्छ र?जेल सजाय ५बर्स गरेर रकम १०लाख हुनुपर्ने हो।कम्सेकम पीडित लाई राहत हुने थियो।पिडक जेल मा खायर हस्टपुस्ट भयर बस्छ।
Ghanashyam Acharya Chhetri
July 10, 2018, 11:05 a.m.सहि न्यायको प्रसम्सा गर्छु।
Khadka Bahadur darai
July 10, 2018, 11:05 a.m.Sanjay Kam bhayo aankhaa ko badla aankhaa chaahiyo jhiker haldinuparyo
amar sunuwar
July 10, 2018, 10:42 a.m.यस्ता कार्य गर्ने जो कोहीलाई पनि कुनै हालतमा उन्मुक्ति दिनुहुँदैन , कडा कारवाही हुनुपर्दछ /
Ramesh moktan
July 10, 2018, 10:13 a.m.Thikkai ho sabak sikaunai parxa
Min Bahadur Rokaya
July 10, 2018, 10:02 a.m.Good judgementbha ko xa crime garne lai sajay hunuko saath saathai piditlai xetipurti paa ko faisala ekdamai ramro xa....