मालवाहक ट्रकले किच्दा ३ वर्षीय बालकको घटनास्थलमै ज्यान गयाे

 साउन २०, २०७६ सोमबार १४:२२:५९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – धर्मदेवी नगरपालिकाको मुढे बजारनजिकै सोमबार बिहान मालवाहक ट्रकले किच्दा एक जना बालकको घटनास्थलमा नै ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ३ वर्षीय आदित्य अधिकारी रहेको मुडे प्रहरी चौकीले जनाएको छ । सोमबार बिहान नागपञ्चमीको दिन शिवालयमा पूजा गरेर फर्किने क्रममा धर्मदेवी नगरपालिका–३ मुढेबजारका घनराज अधिकारी र उनकी श्रीमती रिता अधिकारीको ३ वर्षीय छोरा आदित्यको ज्यान गएको हो । 

इटहरीबाट खाँदबारीतर्फ आउँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले  किच्दा घटनास्थलमा आदित्यकाे नै ज्यान गएको हो । बजारनजिकै रहेको शिवालय मन्दिरबाट बिहान झण्डै १० बजेतिर पूजा सकेर आमासँगै घर फर्किने क्रममा दुर्घटना भएको हो ।   

‘सोमबार नागपञ्चमी भएकाले हामी सबैजना शिवालय मन्दिरमा पूजा गरेर फर्किँदै थियौँ । रिताले छोरा आदित्यलाई हातमा समातेकी थिइन् । कतिबेला छोराको हात आमाको हातबाट फुत्किएछ र दुर्घटना भयो’, धर्मदेवी नगरपालिकाकी उपप्रमुख शोभा घिमिरेले भन्नुभयो ।   

मुढे बजारको बसपार्क आइपुग्ने बेलामा ओरालो सडकमा अताल्लिएर ब्रेक नलागेको कारण दुर्घटना भएको ट्रकचालक प्रेम मगरले बताए । ट्रकचालक मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया