ताप्लेजुङमा शिशु मृत्युदर उच्च

 असार २७, २०७५ बुधबार १८:२०:३९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ –  हिमाली जिल्ला ताप्लेजुङमा सुरक्षित सुत्केरी नगराएका कारण जन्मिनुभन्दा अगाडि र जन्मिसकेपछि  नवजात शिशुको मृत्यु भयावहा अवस्थामा हुने गरेको एक तथ्यांकले देखाएको छ । 

दुई वर्षको अवधिमा ६३ जना नवजात शिशुहरुको ज्यान गएको जिल्ला स्वास्थ्य  कार्यालयको तथ्याङ्कले देखाएको छ । सन् २०१६ देखि २०१८ को यो अवधिमा ६३ जना  नवजात शिशुको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सचिन यादवले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कर्यालयले सुत्केरी सम्बन्धी जनचेतना प्रभावकारी गराउन नसक्दा नवजात शिशुको मृत्यु उच्च भएको हो । स्वस्थ्य संस्थामा गएर सुत्केरी गराउनुपर्छ भन्ने अझैसम्म जनचेतना नभएका कारण पनि शिशु मृत्युदर उच्च भएको बताइएको छ । 

सबैभन्दा धेरै घरमा सुत्केरी गराउँदा ४३ जना नवजात शिशुको मृत्यु भएको डाक्टर यादवले बताउनुभयो । त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालयमा सुत्केरी गराउँदा नवजात शिशु १० जना, दक्ष जनशक्ति बिना निजी अस्पाताल तथा क्लिनिकमा सुत्केरी गराउदा ५ र जिल्लाका विभिन्न क्षेत्रमा रहेका बर्थिङ् सेन्टरमा सुत्केरी गराउँदा ५ जना नवजात शिशुको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

ताप्लेजुङ जिल्लामा जनसंख्या थोरै भए पनि शिशु मृत्युदर उच्च हुनाले स्वास्थ संस्था तथा सम्बन्धित निकायको लापरबाही गरेको हुन सक्ने विज्ञहरुको भनाई छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया