जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
एसीसी यू-१९ एसिया कपकाे तयारीका लागि श्रीलंकामा रहेकाे नेपाल क्रिकेट टिम पहिलो अभ्यास खेलमा सिंहालिज क्रिकेट क्लब (एसएससी) सँग तीन विकेटले पराजित भएकाे छ ।
कोलम्बोमा मंगलबार भएको पहिलो अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।
खराब मौसमका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्दीप जोरा ३३, ओपनर रित गौतमले ३१, पवन सर्राफ ३० रनको योगदान गरे ।
त्यस्तै हरिबहादुर चौहानले अविजित १८ तथा भिम सार्कीले १५ रन जोड्दा कप्तान रोहित कुमार पौडेल ८ र लोकेस बम १ रनमा पेभिलियन फर्किए ।
नेपालले दिएको २ सय ४१ रनको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्याे । नेपालले अन्तिम बलमा क्याच छाडेपछि एसएससीले रोमान्चक जित निकालेको हो ।
नेपालका लागि पवन सर्राफले ३ विकेट हात पारे । यस्तै कमल सिंह ऐरीले २, सूर्य तामाङ, सगर ढकालले समान १/१ विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।