मुख्यमन्त्रीकै अगाडि महाेत्तरीमा वडाध्यक्षद्वारा विद्यालयका प्रधानाध्यापकमाथि हातपात

 भदौ १९, २०७६ बिहिबार १७:२१:५३ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी - साइकल वितरण कार्यक्रमकाे अध्यक्ष काे हुने भन्ने विषयमा विवाद हुँदा वडाध्यक्षले विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका छन ।

मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा वलवामा रहेकाे श्री मावि, बनौटामा बिहीबार आयोजित साइकल वितरण कार्यक्रममा भएकाे विवादमा वडा नम्बर ७ का अध्यक्ष विजय महताेले विद्यालयका प्रधानाध्यापक महेश झामाथि हातपात गरेका हुन् ।

घटनामा विद्यालयमा अध्ययनरत केही विद्यार्थीहरुसमेत घाइते भएका छन् । प्रधानाध्यापकमाथि हातपात गरेलगत्तै स्थानीय र विद्यार्थीहरुले वडाध्यक्ष महतोको घर घेराउ गरेका छन् । अहिले विद्यालयको अवस्था समान्य रहेको र विवाद मिलाउने प्रयास जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभएकाे छ ।

विवादकै बीच पनि बेटी पढाउ, बेटी वचाउ अभियान अन्तरगत त्यस विद्यालयका कक्षा ८ का विद्यार्थीहरुलाई मुख्यमन्त्री लालबाबु राउतद्वारा साइकल वितरण कार्यक्रम भने सम्पन्न भएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया