जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
युरो कप छनोट खेलमा युरोपियन पावरहाउस जर्मनी नेदरल्याण्ड्ससँग चार-दुईले पराजित भएको छ ।
गए राति भएको समूह सी को खेलमा जर्मनी डच टिमसँग चार-दुईले स्तब्ध भएको हो । त्यसो त जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको नौ मिनेटमा नै जर्मनीका नाब्रीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको जर्मनीविरुद्ध डच टिमले दोस्रो हाफमा चार गोल गर्दा उसले एक गोल मात्र फर्काउन सफल भयो । ५९ औं मिनेटमा डी जोङले गोल गरे भने ६६ औं मिनेटमा डच टिमले उपहार गोल पायो । जर्मनीका ताहले आत्मघाती गोल गर्न पुगे ।
त्यसपछि ७३ औं मिनेटमा डच टिमका क्रुसले आफ्नै पोष्टमा गोल गरेपछि खेल दुई-दुईको बराबरीमा पुगेको थियो । ७९ औं मिनेटमा मलिनले फेरि डच टिमका लागि तेस्रो गोल गर्दा खेल तीन-दुईको अवस्थामा पुग्यो । खेलको इन्जुरी समयमा नेदरल्याण्ड्सले चौथो गोल थप्यो ।
तर त्यसपछि जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि नेदरल्याण्ड्सले तीन खेलमा ६ अंक बनाएको छ भने जर्मनीको चार खेलमा नौ अंक छ । समूह सी को शीर्ष स्थानमा आयरल्याण्ड रहेको छ । उसले चार खेलबाट १२ अंक बनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।