जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
युरो कप २०२० को अन्तर्गत शुक्रबार राति भएको समूह आई को छनोटमा बेल्जियमले सान मारिनाेविरुद्ध चार-शून्यको सहज जित निकालेको छ ।
आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा बेल्जियमले सान मारिनाेलाई खेलको सुरुवातदेखि नै दबाब दिएको थियो । पहिलो ४० मिनेट गोलरहित बराबरी खेलेको बेल्जियमले ४३ औं मिनेटमा अग्रता बनायो । उसका बाट्सुइले पेनाल्टीमार्फत गोल गर्न सफल भए ।
स्टार खेलाडी इडेन हार्जाडका दाजुभाइ अनुपस्थित रहेको खेलको ५७ औं मिनेटमा मेर्टेन्सले बेल्जियमका लागि दोस्रो गोल गरे । त्यसपछि ६३ औं मिनेटमा चादिलले गोल गर्दा बेल्जियम तीन-शून्यले अगाडि रह्यो । खेलको इन्जुरी समयमा बेल्जियमले चोथौ गोल थप्यो । उसका लागि बात्सुईले गोल गर्न सफल भए ।
यो जितपछि बेल्जियमले समूह आई बाट पाँच खेलमा १५ अंकका साथ युरोक प छनोटको यात्रा थप मजुबत बनाएको छ ।
त्यस्तै शुक्रबार राति नै भएको खेलमा वेल्सले अजरबैजानलाई दुई-एकले हराउँदा क्रोयसियाले स्लोभाकियालाई चार-शून्यले पराजित हरायाे ।
कार्डीफ सिटीमा भएको खेलमा वेल्सका लागि एक गोल ग्यारेथ बेलले गरे भने एक गोल उपहार पायो । खेलको २६ औं मिनेटमा नै पासायभले आत्मघाती गोल गरेपछि वेल्सले खेलमा अग्रता बनायो । तर ५८ औं मिनेटमा इर्मीलीले अजरबैजानलाई खेलमा फर्काए । तर ८४ औं मिनेटमा बेलको गोलमा वेल्सले दुई-एकको जित निकाल्यो ।
अर्को खेलमा क्रोएसियाले स्लोभाकियालाई चार-शून्यले पराजित गर्यो । उसका जितमा भ्लासिच, पेरिसिच, लोभरेन र पेट्कोभिचले एक-एक गोल गरेका थिए । एकतर्फी बनेको खेलमा क्रोएसियाले पहिलो हाफको अन्तिममा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
उसले ४५ औं मिनेटमा भ्लासिचको गोलमा अग्रता बनायो । त्यसपछि ४६ औं मिनेटमा पेरिसिचले दोस्रो गोल गर्दा ७२ औं मिनेटमा पेटकोभिचले तेस्रो गोल थपे । त्यसपछि ८९ औं मिनेटमा लोभरेनले चौथो गोल गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।