जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा विनयराज पाण्डे र चतुरबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।
पदाधिकारीमा प्यानलसहित उनीहरु चुनावी प्रतिस्पर्धामा होमिएका छन् । सदस्य पदमा भने प्यानल निर्धारण गरिएको छैन । पूर्व तयारीअनुसार नै क्यानको नयाँ अध्यक्षका लागि पूर्व अध्यक्षहरु चतुरबहादुर चन्द र विनयराज पाण्डेले पदाधिकारीमा प्यानलसहित शनिबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् ।
चन्दको प्यानलमा उपाध्यक्ष पदका लागि राजबाबु श्रेष्ठ, सचिवका लागि अशोकनाथ प्याकुरेल र कोषाध्यक्षका लागि रोशन कुमार सिंहको उम्मेदवारी परेको छ ।
पाण्डे प्यानलबाट उपाध्यक्षमा मिग्मा दुन्डु शेर्पा, सचिवमा विनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराईको उम्मेदवारी परेको छ ।
क्यानको १७ सदस्यीय कार्यसमितिमा १ जना महिला सदस्य यसअघि नै निर्विरोध चयन भइसकेको छ । जानकी भट्ट निर्विरोध भइसकेकी छन् । बाँकी १६ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये प्रदेश सदस्यको लागि प्रदेश २, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूर पश्चिम प्रदेशबाट एक-एक जनाको उम्मेदवारी परेकाले उनीहरु निर्विरोध चयन हुने भएका छन् ।
प्रदेश २ बाट मोहम्मद दाउद अन्सारी, गण्डकीबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, कर्णालीबाट पदमबहादुर खड्का र सुदूर पश्चिमबाट विक्रम विष्ट प्रदेश सदस्यमा निर्विरोध भएका हुन् ।
प्रदेश १ र ३ बाट भने सदस्यका लागि दुई-दुई जनाको उम्मेदवारी परेकाले मतदान हुने भएको छ । प्रदेश १ बाट कैशाल विष्ट र लाक्पा लामा तथा प्रदेश ३ बाट अमितवीर पाण्डे र कैशाल प्रधानले उम्मेदवारी दिएका छन् ।
५ जना खुला सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । जसमा अर्जुन पौडेल, विरेन्द्रबहादुर चन्द, धिरेन्द्र साउद, दुर्गाराज पाठक, जगतबहादुर टमाटा, करन महोत्रा क्षेत्री, माधवकुमार कर्माचार्य, नरेश राणा, पवन अग्रवाल, प्रफुल्ल वैद्य र सञ्जयराज सिंहले उम्मेदवारी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।