यसै महिना आईसीसीले नेपाल क्रिकेट संघकाे निलम्बन फुकुवा गर्न सक्ने

 असोज १४, २०७६ मंगलबार १४:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको विशेष चुनावी साधारणसभालाई स्वागत गरेको छ ।

आईसीसीले मंगलबार विज्ञप्ति जारी गर्दै हालै भएको निर्वाचनको स्वागत गरेको हो । 

आईसीसीको रोडम्याप अनुसार भएको केन्द्रीय निर्वाचनबाट अहिले नयाँ नेतृत्व चयन भएको छ । क्यानको नयाँ कार्यसमितिमा चतुरबहादुर चन्द नेतृत्वको प्यानल विजयी भएको थियो । ४ वर्ष अघि भएको निर्वाचनमा पनि चन्द निर्वाचित भएका थिए । तर राष्ट्रिय खेलकुद परिषद् राखेपले क्यानको निर्वाचनलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेपछि राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेको चुनावी साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा आईसीसीले खुसी पनि व्यक्त गरेको छ । आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले सबैको साथ र सहयोगले नेपाली क्रिकेट एकजुट भएको उल्लेख गरेका छन् ।

उनले यो ऐतिहासिक क्षणका लागि नेपाल सरकार, क्यान, राखेप सबैलाई धन्यवाद दिँदै पछिल्लो तीन वर्षमा नेपाली क्रिकेट टिमले ठूलो उपलब्धि हासिल गरेको पनि चर्चा गरेका छन् । उनले नेपाली क्रिकेट टिमले एक दिवसीय मान्यता पाएको, महिला क्रिकेट टिमले पनि आईसीसी क्वालिफायरमा पनि उत्कृष्ट प्रदर्शन गरेको कुरा उल्लेख गरेका छन् । 

नव निर्वाचित केन्द्रीय कार्यसमितिले आगामी दिनमा राम्रो काम गर्ने आशा गर्दै उपाध्यक्ष ख्वाजाले यसै महिना दुबईमा हुने आईसीसी बोर्ड बैठकले नेपाली क्रिकेटको विषयमा विचार गर्ने बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया