जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
ओमानमा जारी पाँच देश सम्मिलित टी-२० सिरिजकाे साेमबारकाे दाेस्राे खेलमा आयरल्याण्डले हङकङलाई २०९ रनकाे विशाल लक्ष्य दिएकाे छ ।
टस जितेर ब्याटिङ राेजेकाे आयरल्याण्डले २० ओभरमा पाँच विकेट गुमाउँदै २०८ रनकाे विशाल याेगफल तयार पारेकाे थियाे । आयरल्याण्डका लागि केभिन ओ ब्राइनले ६२ बलमा १२४ रनकाे शतकीय याेगदान दिए । त्यस्तै पल स्टर्लिङले ३६ रन बनाए ।
बलिङतर्फ हङकङका एहशान खानले तीन तथा काइल क्रिस्टीले दुई विकेट लिए ।
अहिलेसम्म दुई खेल खेलेकाे आयरल्याण्डले एउटामा जित र एउटामा हारसहित दुई अंकका साथ तालिकाकाे तेस्राे स्थानमा छ । त्यसैगरी अहिलेसम्मका दुवै हारेर अंकविहीन रहेकाे हङकङ तालिकाकाे पुछारमा छ ।
अहिलेसम्म खेलेका दुवै खेल जितेर ४ अंकसहित ओमान पहिलाे तथा समान खेलबाट समान ४ अंक बटुलेकाे नेपाल तालिकाकाे दाेस्राे स्थानमा छन् ।
आइतबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेकाे थियाे भने आउने बुधबार आयरल्याण्डसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।