आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
चीनको वुहानमा जारी सातौँ विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले नयाँ कीर्तिमान कायम गरेकी छिन् ।
ट्रयाक एण्ड फिल्डको ४ सय मिटर दौडमा तुलसाले ५९ दशमलव ५७ सेकेण्डका साथ नयाँ कीर्तिमान राखेकी हुन् । उनले आफ्नै नाममा रहेको ५९ दशमलव ९० सेकेण्डको कीर्तिमान सुधार गरिन् ।
तुलसाले ९ वर्षअघि २०१० मा प्रमिला रिजालले बनाएको रेकर्ड तोडेकी हुन् । वुहानमा जारी प्रतियोगितामा २१ देशका खेलाडीले प्रतिस्पर्धा गरेकी थिए ।
यस्तै, मंगलबार भएको १ सय मिटर दाैडमा सरस्वती चौधरीले १२ दशमलव ६६ सेकेण्डमा दूरी पूरा गर्दै व्यक्तिगत रेकर्ड सुधार गरिन् । यसमा २६ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबार दौडसहित बिच भलिबल, आर्चरी र महिला बक्सिङलगायत ४ खेल सम्पन्न भएका छन् ।