जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि फेन्सिङ टिम थाइल्याण्ड जाने भएको छ ।
थप प्रशिक्षणका लागि नेपाली फेन्सिङ टिम बैंकक जाने भएको हो । प्रशिक्षणका लागि जाने खेलाडीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले बिदाइ गरे । अहिले २४ जना खेलाडी सागको तयारीका क्रममा बन्द प्रशिक्षणमा रहेका छन् ।
जसमा यसपटक २२ जना खेलाडी बैंकक जाने भएका छन् । दुई जना खेलाडी चीनमा जारी आर्मी खेलकुदमा सहभागी भएकाले केही दिनपछि जानेछन् । उनीहरु प्रतियोगिता सकिएर फर्किएपछि थाइल्याण्ड जाने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले बताए ।
झण्डै २२ दिनको थाइल्याण्ड बसाइमा खेलाडीले प्रशिक्षणका साथै एक्सपोजरका लागि प्रतियोगिता पनि खेल्नेछन् । दक्षिण एसियाली खेलकुदमा फेन्सिङ खेल पहिलो पटक समावेश गरिएको हो । नेपाली खेलकुदमा महँगो खेलका रुपमा रहेको फेन्सिङको बन्द प्रशिक्षणमा प्रायः विभागीय खेलाडीको वर्चस्व रहेको छ ।
बिदाइ कार्यक्रममा फेन्सिङ संघका अध्यक्षले पुरस्कारको पनि घोषणा गरेका छन् । जसमा सागमा स्वर्ण पदक ल्याउनेलाई ५० हजार, रजत जित्नेलाई २० हजार र कास्य जित्नेलाई १० हजार रुपैयाँ संघले पुरस्कार दिने बताए । यस्तै यदि टिम च्याम्पियन भएमा २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।